Aadarsh-Daily

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने

ad-4p

वीरगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगन्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

content ad p2

मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले भन्नुभयो, “कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा घनिभूत रूपमा छलफल गरेर के सहयोग गर्न सकिन्छ । सो विषयमा आवश्यक निर्णय गरिनेछ ।” उहाँले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भए पछि मात्रै निर्णय गर्न सहज हुने धारणा राख्नुभयो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगन्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको विषयमा मन्त्री अधिकारीलाई जानकारी गराउनुभएको थियो ।

content left

केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभयो । “अहिलेसम्म जे–जे भयो । सबै कुरा बिर्सिएर अब नयाँ सोच र ढङ्गबाट अघि बढ्न जरुरी छ,” उहाँले भन्नुभयो, “कृषि औजार कारखाना वीरगञ्जमा निकै पुराना खालका औजारका मेसिन छन् । त्यसैले अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक छ ।” कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक तथा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले वि.सं.२०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

“केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्नेछ,” उहाँले भन्नुभयो, “कारखानाबाट उत्पादित सामग्री करपछिको रकम ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी राखिनेछ भने बाँकी ५० प्रतिशत सरकारको राजस्व ढुकुटीमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।” सरकारले वि.सं.२०७९ असोज ११ गते वीरगन्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ ।

केन्द्रले औपचारिक रूपमा वि.सं. २०७९ माघ महिनामा काम सुरु गरेको थियो । वीरगन्जस्थित कृषि औजार कारखानाका इन्चार्ज रितेश देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्नसक्ने अवस्थामा ल्याएको बताउनुभयो । केन्द्रका अध्यक्ष पुनले ३० वर्षदेखि बन्द कारखानालाई सञ्चालन गर्न आफ्नो आत्मवृत्तान्त ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक देशव्यापी रूपमा बिक्री गरिरहनुभएको छ । अध्यक्ष पुनले हालसम्म एक लाख २० हजार पुस्तक बिक्री भइसकेको जानकारी दिनुभयो । ‘पुस्तक बिक्रीबाट दुई करोड कृषि कारखानामा खर्च भइसकेको उहाँको भनाइ छ । रासस

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily