
वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित घण्टाघर टिभी डटकम अनलाइन पोर्टलको आधिकारिक फेसबुक पेज घण्टाघर टिभी ह्याक भएको छ ।
श्री घण्टाघर कम्युनिकेसन प्रालिद्वारा सञ्चालित घण्टाघर टिभी डटकमको आधिकारिक फेसबुक पेजमा केही व्यक्तिले अनधिकृत रूपमा पहुँच पु¥याई ह्याक गरेको बुझिएको हो ।

एक लाख २२ हजार फ्लोअर्स रहेको पेजमा शुक्रवार साँझदेखि समस्या आइरहेको श्री घण्टाघर कम्युनिकेसन प्रालिका सम्पादक एवम् घण्टाघर टिभीका प्रस्तोता राधेश्याम पटेलले जानकारी दिए । पटेलका अनुसार कम्पनीद्वारा सञ्चालित अनलाईन न्युज पोर्टल र युट्युब च्यानल भने सुरक्षित रहेको छ ।
पेजबाट अनधिकृत रूपमा पुरानो भिडियो सामग्री पोस्ट गरेर भ्रम छर्ने प्रयास भइरहेको उनले बताए । अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको उनको भनाई छ । साथै पटेलका अनुसार यस विषयमा साइबर ब्यूरोमा उजुरी समेत दिइएको छ ।
घण्टाघर टिभीको फेसबुक पेजमा कुनै आपत्तीजनक अथवा असान्दर्भिक सामाग्री पोस्ट भएमा पेजलाई अनफलो गर्दै एकाउन्टलाई अनफ्रेन्ड गर्न र मेसेन्जर च्याट मार्फत संवाद समेत नगर्न पटेलले आग्रह गरेका छन् । घण्टाघर टिभीको नयाँ पेज सुरु गरिएको जानकारी गराउँदै उनले नयाँ पेजलाई फ्लो गर्न आग्रह गरेका छन् । घण्टाघर टिभीको नयाँ पेज फ्लो गर्न यहाँ क्लिक गर्नुहोस https://www.facebook.com/GhantaghartvPlus


