
वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको रकमसहित दुई जनलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरको ड्रइपोर्टबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका ५ निवासी विकास कुमार र भारत विहार रक्सौल बस्ने श्याम कुमार महतो रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट जाँचका क्रममा दुबै जनालाई पक्राउ गरिएको ड्राइपोर्ट सशस्त्र प्रहरीको बेस क्याम्पका प्रहरी निरीक्षक विपिन खनालले बताए ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालय चलान गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । वीरगञ्ज महानगरको ड्रइपोर्टबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले विकास चढेको ना ३५ प ६७१६ र विकास सवार बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ । बरामद मोटरसाइकलसहित पैसा थप कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनायो ।

