Aadarsh-Daily

नगरप्रमुखको विरोधमा पर्सागढीका ७ जना वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन बुझाए

ad-4p
content left

पर्सा । पर्सागढी नगरपालिकाका ७ जना वडा अध्यक्षहरूले नगरसभाको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्।

वडा अध्यक्षहरु शंकर रायभर, रामवराई यादव, सुकमान तामाङ, नवलकिशोर कलवार, शेख खुर्सेद, नितेश मिश्रा र सुन्दरी देवी थरुनीले बुद्धबार प्रमुख प्रशासकीय अधिकृत हरि किशोर चन्द्रवंशीलाई ज्ञापन बुझाउँदै नगरसभा सम्पन्न गर्ने क्रममा नगरप्रमुख गोकर्ण पाठकले गरेका प्रतिबद्धता अनुसारको बजेट कार्यान्वयनमा ल्याउन माग गरे।

content ad p2

असार १० गते नगरसभा सम्पन्न गर्ने क्रममा सोको एक दिन पहिलेसम्म विरोधमा रहेका सात जना वडा अध्यक्षको मागअनुसारको बजेट विनियोजन हुने नगर प्रमुख पाठकले प्रतिबद्धता जाहेर गरेका थिए। सोही अनुसार बजेट तयार गरिएको तर अहिलेसम्म कार्यान्वयनमा नल्याइएको भन्दै हिजो सात जना वडा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशी मार्फत नगर प्रमुख पाठकको ध्यानाकर्षण गराएका हुन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily