
वीरगञ्ज । राष्ट्रीय दलित पत्रकार संघ, पर्साको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलमा शिविर सम्पन्न भएको हो ।

वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा आयोजित शिविरमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षता सम्पन्न भएको हो । शिविरमा वडाध्यक्ष हृदयनारायण कुर्मीले पहिलो सेवाग्राहीको रुपमा आँखाको चेकजाँच गराइ उद्दघाटन गराएका थिए ।
शिविरमा एकसय ५३ जनाको आँखाको चेकजाँच गरिएको थियो । उनीमध्ये ६० जनामा मोतियाबिन्दुको समस्या फेला परेको अस्पतालका सञ्चालक डा. महेश सिंह धामीले बताए । मोतियाबिन्दुको समस्या देखा परेकाहरुको आगामी आइतबार निशुल्क शल्यक्रिया गरिने उनले जानकारी दिए ।
शिविरमा नेकपा एकीकृत सामाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, राष्ट्रीय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, दलित अगुवा प्रभु पासवान, शंकर कर्ण दलित अभियान्ता लिला राम, स्थानीय अगुवा तथा सामुदायिक प्रहरीहरु लगायतको उपस्थिती रहेको थियो ।

