Aadarsh-Daily

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

ad-4p

वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका–६, तल्लोबजारमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ, भने अर्को व्यक्ति घाइते भएका छन् । चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको निधन भएको हो ।

content ad p2
content left

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारीअनुसार यादव दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । प्रहरी जवान यादव बारास्थित अस्थायी प्रहरी चौकी लँगडा चोकमा कार्यरत थिए र कार्यालयको काम विशेषले रौतहट गएका बेला दुर्घटनामा परेका हुन् । उनका परिवारजन वृन्दावन नगरपालिका–३, विश्रामपुरमा बसोबास गर्छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएका छन्, उनको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादवको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily