Aadarsh-Daily

बारामा एकै परिवारका तीन जनाको मृत्यु

ad-4p

वीरगञ्ज । बारामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ निवासी नरेश रामका दुई छोरी र एक छोराको एकैपटक मृत्यु भएको हो ।
९ वर्षीय लालिमा राम, ७ वर्षीय पुष्पा राम र ५ वर्षीय कृष्ण रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

content ad p2
content left

घरमै पकाएको माछा र खाना खाएर सुतेका तीनै जना अचानक बिरामी परेपछि उपचारको क्रममा मृत्यु भएको हो । खाना खाएको केही समयमा उल्टी हुनुका साथै पखालाको समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो ।

स्वास्थ्य अवस्था झनै बिग्रिन थालेपछि कलैयास्थित प्रादेशिक अस्पतालमा चेकजाँच गराएर वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । मेडिकल कलेजमा उपचारको क्रममा तीनै जनाले ज्यान गुमाएको बारा प्रहरीले जनाएको छ ।
माछा परिवारका सबै सदस्यले खाएको भएपनि बालबालिका मात्रै बिरामी भएका छन् । फुड पोइजनको आशंका गरेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily