Aadarsh-Daily

आज मधेस प्रदेशका आँठवटै राज्यमन्त्रीलाई पदमुक्त

ad-4p

वीरगञ्ज । मधेस प्रदेश सरकारले आज प्रदेशका आँठवटै राज्यमन्त्रीलाई पदमुक्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

content ad p2
content left

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ५ राज्यमन्त्रीसहित ८ जनालाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई आज पत्र पठाइएको हो । सरकारमा सहभागी सबै दलहरुको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको बताइएको छ ।
ठूलो आकारको मन्त्रीमण्डल विस्तार गरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुन थालेपछि दलहरुको सहमति अनुसार राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एक साता अगाडि मात्र प्रदेश सरकारले ५ जना राज्यमन्त्री थप्दै राज्यमन्त्रीको संख्या ८ जनाको पुर्‍याएको थियो ।

प्रदेश सरकारले यही मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र महम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने यसअघि केशव राय, शारदा देबी थापा र रञ्जुकुकमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily