Aadarsh-Daily

प्रतीक दैनिकको ३८औं वार्षिकोत्सवमा पत्रकार गुप्ता, चौरसिया, रूपाखेती र हवारी सम्मानित

ad-4p

वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुने प्रतिष्ठित प्रतीक दैनिकले आज आफ्नो ३८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । यस अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मानित गरिएको छ ।

content ad p2
content left

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उनलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा १५ हजार राशीबाट पुरस्कृत भएका छन् । साथै, स्तम्भकार कुमार रूपाखेती १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारी पाँच हजार राशीसहित पुरस्कृत भएका छन् ।

प्रतिक दैनिकका सम्पादक जगदिश शर्माको अध्यक्षतामा वीरगञ्जको लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिती रहेको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily