Aadarsh-Daily

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, २५ जना घाइते

ad-4p
content left

चितवन । चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन्। चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

content ad p2

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तस्बिरः चितवन प्रहरी

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily