Aadarsh-Daily

तिलावे नदीमा पौडी खेल्न गएका देवान बेपत्ता , खोजविन जारी

ad-4p

वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकास्थित तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

content ad p2

लगातार परेको पानीले नदीमा बाढी आएको बेला पौडी खेल्न जाँदा १४ वर्षीय युवक बेपत्ता भएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । सोही नगरपालिकाको वडा नम्बर २ बैरिया निवासी असलम देवानका छोरा १४ वर्षीय समीर देवान पौडी खेल्दाखेल्दै बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक कपील गिरीले बताए ।

content left

उनका अनुसार विहान साढे ११ बजेदेखि देवान बेपत्ता भएका हुन ।

उनले भने, ‘बहुदरमाइ मन्दिर नजिकैको तिलावे नदीमा ३ जना किशोरहरु पौडी खेल्न पुगेका थिए, लगातार परेको पानीले नदीमा पानीको सतह बढेको छ । नदीमा बाढी आएकोले पौडी खेल्न गएकाहरुमध्ये जसरीतसरी गरी २ जना भने निस्कन सफल भए, तर एकजना भने निस्किन सकेनन् ।’

घटनास्थलमा लामो समय लगाएर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजविन गर्दा पनि बेपता देवान फेला पर्न नसकेको अलौं सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर गिरी बताउँछन् ।

घटनास्थलमा बेपत्ता भएका देवान फेला पर्न नसकेपछि अहिले करिब तीन किलोमिटर तल पुगेर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily