Aadarsh-Daily

लोसपा नेपालले मधेश प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर सातमा सीमित गर्न माग

ad-4p

वीरगञ्ज । मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर सातमा सीमित गर्न माग गरेको छ। लोसपा मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले शुक्रबार प्रदेशसभामा बोल्दै वर्तमान मन्त्रालयहरूको कार्यक्षमता र खर्चप्रति प्रश्न उठाउँदै संख्या घटाउन आग्रह गरेका हुन्।

content ad p2

सांसद महतोले भने, “प्रदेश सरकारमा राज्यमन्त्री राख्ने र विरोध भएपछि हटाउने परिपाटी उचित होइन। मन्त्रालयहरूको बजेट स्थानीय तहभन्दा कम छ, सचिव तथा कर्मचारीहरूको अभाव छ। यस्तो अवस्थामा अत्यधिक मन्त्रालयहरूको आवश्यकता छैन।”

content left

उनले जनमत पार्टी नेतृत्वको वर्तमान सरकारले सात मन्त्रालय कायम गरी सकारात्मक सन्देश दिनुपर्ने बताए। “जम्बो मन्त्रिपरिषद् गठन गरेर राज्यमन्त्री हटाउने आँट गर्ने सरकारले कामविहीन मन्त्रालयहरूलाई घटाउने साहस पनि देखाउनुपर्छ,” महतोले जोड दिए।

महतोले मुख्यमन्त्रीसँग हालै हटाइएका राज्यमन्त्रीहरूलाई अपमानजनक तरिकाले हटाइएको विषयमा प्रदेशसभामा स्पष्टीकरण दिन माग गरेका छन्। उनले सरकारले १२ मन्त्रालयहरूको संख्या घटाएर ७ मा झार्नुपर्ने र यस कदमले प्रदेशको व्ययभार कम गर्न मद्दत पुग्ने उल्लेख गरे।

सांसद महतोले मन्त्रालयहरूको संरचनामा सुधार गर्दै प्रदेश सरकारका दलहरूले ५० प्रतिशत महिलालाई प्रतिनिधित्व दिने र सबै क्लस्टरबाट मन्त्री नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मन्त्रालय संख्या घटाउने पहलले मधेश प्रदेशका नागरिकहरूले मुख्यमन्त्रीको प्रशंसा गर्ने विश्वास व्यक्त गरे।

मधेश प्रदेशमा मन्त्रालयहरूको कार्यक्षमता र संरचनागत सुधारका लागि गरिएको यो मागले प्रदेश राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। अब प्रदेश सरकारले यस विषयमा के कदम चाल्छ भन्ने प्रतीक्षामा सबै छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily