Aadarsh-Daily

जिल्ला ट्राफिक, बिर्ता र श्रीपुरका इन्स्पेक्टरको एकसाथ पर्सामा सरुवा

ad-4p
content left

वीरगञ्ज । पर्सासहित देशैभरका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार एकै पटक नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा पनि सरुवा भएका छन् । खतिवडाको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ४ टर्की, अफ्रिका र अन्यमा सरुवा भएको छ । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, बजेट शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नीरोज चौलागाईं आउने भएका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिंगको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर २ मध्य पूर्व, दक्षिण पूर्व र पूर्वी एसियामा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी वृत्त लैनचौर काठमाडौँको अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily