Aadarsh-Daily

संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी : मन्त्री गुप्ता

ad-4p

काठमाडौँ , २० भादो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।

content ad p2

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुप्ताले उक्त कुरा राखेका हुन् ।

content left

समितिको बिहीबारको बैठकमा संघीय निजामती विधेयक संसद्बाट पारित गर्नुपर्ने बताए । मन्त्री गुप्ताले विधेयकमा १ हजार ५ सय ८३ संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्नसक्ने भन्दै उच्च राजनीतिक तहमा समन्वय गरेर विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने बताए ।

‘आज यस विधेयकमा सैद्धान्तिक छलफल भयो । छलफलमा माननीयहरूले जे सुझाव, सल्लाह दिनुभयो । ठिकै हो, १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव छ । यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ,’ मन्त्री गुप्ताले भने, ‘हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ । म सभापति र माननीयहरूलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयक छन् तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिउँ ।’

२०८० फागुन २१ मा दर्ता भएको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले अहिले आएर छलफल अगाडि बढाउन लागेको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily