Aadarsh-Daily

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकद्वारा दुइ जना पत्रकारमाथि दुव्र्यवहार

ad-4p

वीरगन्ज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका वडा नं १७ अलौंस्थित आइसीपी चोकमा आज अपरान्ह ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएको छ ।

content ad p2
content left

ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका छन् । बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ट्याक्टरका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशीत स्थानीयबासीले अलौं चोकमा टायर बालेर सडक अवरुद्ध गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको छ ।

त्यसको समचार संकलन गर्न गएका प्लस वान टेलिभिजनका सञ्चारकर्मी आशिक अन्सारी र सन्तोष पटेलसंग प्रहरीले दुव्र्यवहारपनि गरेको छ ।घटनास्थल र प्रदर्शनको भिडियो खिच्दै रिपोर्टीङ गरिरहेका प्रहरीले आँफुहरुमाथि हातपात गर्दै क्यामेरा खोस्ने प्रयासपनि गरेको अन्सारीले बताए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत आँँफैले क्यामेरा खोस्ने प्रयास गरेर दुव्र्यवहार गरेको अन्सारीले आरोप लगाएका छन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily