Aadarsh-Daily

नारायणी अस्पतालमा भाइरल ज्वरो र संक्रमणका बिमारि धेरै उपचार गर्न आउने डाक्टर -सिंह ।

ad-4p

बिरगंज ३० भाद्र । बीरगंजमा अहिले भाइरल ज्वरो र संक्रमणका कारण मानिसहरुमा धेरै समस्या भइरहेको नारायणी अस्पतालका (फिजिसियन) डाक्टर उदयनारायण सिंह बताउँछन् ।

content ad p2

उनलेे बताए अनुसार अहिले यस्ता भाइरल ज्वरो मौसम परिवर्तनसंगै गर्मीबाट चिसो वा बर्षात्, फेरि गर्मी हुने परिवर्तित अवस्था भएकोले सर्वसाधारणले बेलामा सचेत हुन आग्रह गरेका छन्। यस्ता भाइरल बाट बच्न खास गरी जो जोखिमपूर्ण समूहमा काम गर्ने ब्यक्तिहरुमा धेरै हुने भएकोले समाधान अपनाउनु पर्ने हुन्छ भनेर बताएका हुन ।

content left

डाक्टर सिंहको भनाइ अनुसार धेरै जसो बालबालिकाहरु, वृद्ध वृद्धाहरु वा अन्य दीर्घरोगीहरुमा विशेष गरी यसको संक्रमणमा असर पर्ने गर्दछ भनेर बताएका छन् । उनलेे भने यो गर्मीमा एकदम चिसो खानेकुराहरु, पेपदार्थहरु खाने बानी गर्नु हुन्न । त्यसले जिवजन्तुको शरीरमा संक्रमण गर्छ ।

खासगरी वर्षात्‌को बेलामा बाहिर अनावश्यक हिलडुल गर्दा जिउभिजेर पनि शरीरको तापक्रम असन्तुलन भई भाइरल ज्वरो हुने भएकोले बेलामा सचेत हुन डाक्टर सिंहले अपिल गरेका छन्। रुघाखोकी भएको नाकबाट सिंगान बगेको वा ज्वरो जस्तो महसुस भएको व्यक्ति घरमा छ भने अलि उसलाई अलग्ग राख्ने र आफू पनि सकेसम्म ऊ बाट टाढा बस्ने गर्नुपर्छ ।

जसले गर्दा भाइरल ज्वरो अर्को व्यक्तिमा नसरोस् भनेर बताए । यस्ता संक्रमणबाट सतकर्ता अपनाउन जरुरी छ अहिले पर्सा जिल्ला बाट नारायणी अस्पतालमा उपचार गर्न धेरै जसो बिमारी आउने गरेको डाक्टर सिंहको भनाइ रहेको छ। बेलामा औषधी प्रयोग गर्दा चिकित्सकको सल्लाह विना पनि प्रयोग गर्न नहुने बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily