Aadarsh-Daily

पर्साकाे पकहामैनपुर गाँउपालिकाकाे १२औं गाँउसभा सम्पन्न

ad-4p

पर्सा । पर्साकाे पकहामैनपुर गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ कराेड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ। बिहीबार सम्पन्न पकहा मैनपुर गाँउपालिकाकाे १२ औं गाउँसभाले चालु आर्थिक वर्षका लागि ३१ कराेड ५९ लाख २९ हजार बराबरकाे बजेट सर्वसहमतले पारित गरेकाे हाे।

content ad p2
content left

गाँउसभामा गाउँपालिका उपाध्यक्ष सरफुल नेसाकाे तर्फबाट बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि ३१ कराेड ५९ लाख २९ हजारकाे बजेट सार्वजनिक गरे।जसमा रामचरित्र भगत माद्यमिक विद्यालयकाे भवन निर्माणकाे लागि १ कराेड २० लाख बजेट विनियोजन गरिएको जानकारी उनले गराए।उक्त विद्यालयकाे भवन निर्माणकाे लागि नै संघिय सरकारबाट पनि १ कराेड २० लाख रुपैयाँ अनुदान प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिए ।यसका साथै बजेटमा कृषि विद्युतीकरणकाे लागि पनि १ कराेड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

बिहीबारकाे गाउँसभाले आर्थिक विधेयक २०८१ समेत पारित गर्नुका साथै प्रशासनिक कार्यविधि विधेयक २०८१ (प्रशासनिक ऐन) समेत स्विकृत गरेकाे जानकारी उनले दिए। गाउँसभाले न्यायिक समिति पनर्गठन गर्नुका साथै उपभाेक्त समितिबाट गरिने विकास निर्माणकाे काममा १० देखि १२ प्रतिशतसम्म श्रमदान गर्नु पर्ने निर्णय समेत गरेकाे छ। गाउँपालिकाका अध्यक्ष सुरेश मेहताकाे अध्यक्षतामा भएकाे गाँउसभामा उपाध्यक्ष सरफुल नेसा,वडाध्यक्ष,कार्यपालिका सदस्य,राजनीतिक दलका प्रतिनिधि,कर्मचारी लगायतकाे सहभागीता थियाे।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily