Aadarsh-Daily

पर्साको सखुवा प्रसौनी गाँउपालिका सुखवनियामा करेन्ट लागेर एक बृद्धको मृत्यु

ad-4p

पर्सा । पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सुखवनियामा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सखुवनीयाकै ६३ वर्षिय विश्वनाथ चौधरी रहेका छन् ।

content ad p2
content left

बिहीबारराति ९ बजेतिर आफनै घरमा बल्ब बाल्नका लागि स्वीच थिच्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बहोश भएका चौधरीलाई राति नै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौधरीको शव शुक्रबार नारायणी अस्पतालमै पोष्टमार्टम गरेर परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily