Aadarsh-Daily

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

ad-4p

वीरगन्ज । वीरगन्जको रानीघाट पुलबाट आज(आइतबार) एक बालिकाले सरिसवा नदीमा हाफ फालेकाे समाचार प्राप्त भएकाे छ। रानीघाटबाट रामगढवा जाने सडकखण्डमा रहेकाे रानीघाट पुलबाट आज बिहान सवा ९ बजेतिर अन्दाजी १५/१६ वर्षकि बालिकाले नदीमा हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन्।

content ad p2
content left

पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएकाे बाढीले बगाएर बेपत्ता बनाएकाे छ।उनकाे खाेजीका लागि घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको स्थानीय युवा राजकुमार सर्राफले जानकारी दिए।नदीमा हाम फालेर बगाएकी ती बालिकाकाे पहिचान भने खुल्न सकेकाे छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलेपनि पुलबाट एक जना बालिकाले नदीमा हाम फालेकाे सुचना प्रहरीलाई आएकाे जानकारी दिदै घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily