Aadarsh-Daily

वीरगञ्जमा “शिक्षा नीति निर्माण प्रक्रिया मार्फत सशक्तीकरण” विषयक कार्यशाला सम्पन्न

ad-4p

वीरगञ्ज । वीरगञ्जमा “शिक्षा नीति निर्माण प्रक्रिया मार्फत सशक्तीकरण” विषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल इंटेलेक्चुअल्स फाउन्डेसनको आयोजना तथा मधेश विश्वविद्यालय र इन्टरनेशनल आइडियाको सहकार्यमा वीरगञ्जको भिस्वा होटेलमा कार्याशाला सम्पन्न भएको हो । 

content ad p2

कार्यशालामा वक्ताहरूले शिक्षा नीति निर्माणमा स्थानीय सहभागिता, विश्वविद्यालयको भूमिका, र विश्लेषणात्मक आधारबाट नीति निर्माण प्रक्रियालाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

content left

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्यले शिक्षाले समुदायलाई सशक्त बनाउन सक्ने र स्थानीय शैक्षिक संस्थाहरूले शिक्षा नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनुपर्नेमा जोड दिए । मधेश विश्वविद्यालयलाई प्रदेशको शैक्षिक केन्द्र बनाउने र यहाँका युवालाई यहीँ स्वरोजगार बनाउने खालको शिक्षा प्रदान गर्ने तयारी भइरहेको उनले बताए । 
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लालबाबु राउतले शिक्षा नीति निर्माण प्रक्रियामा रहेका चुनौतीहरू, अवसरहरू तथा मधेश प्रदेशका आवश्यकता अनुरूप नीतिगत सुधारहरूका बारेमा प्रकाश पारेका थिए । साथै उनले मधेश प्रदेशमा स्थापित विश्वविद्यालयको निर्माण गर्ने विषयमा भएका संघर्षको बारेमा पनि जानकारी गराए । 

कार्यशालामा मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले पनि शिक्षा नीति मधेशको माटो सुहाउँदो हुनुपर्ने र यसले यहाँकै अवस्थालाई समावेश गर्नुपर्ने धारणा राखे । 

साथै, सहभागीहरूबीच नीति निर्माणका विधिहरूमा स्थानीयस्तरका आवश्यकताहरू समेट्नुपर्ने, समावेशी शिक्षा प्रवर्द्धनका उपायहरू खोज्नुपर्ने, र अध्ययन–अनुसन्धानको भूमिकालाई प्राथमिकता दिनुपर्ने विषयमा गहन छलफल भएको मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादवले जानकारी दिए । 

कार्यशालामा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्बिन्दलाल कर्ण, विश्लेषक एवम् वीरगञ्ज कलेजका प्रमुख बिनोद गुप्ता, वीरगञ्ज पब्लिक कलेज (बिपिसी) का बिनय श्रेष्ठ, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमेश चौरसिया, इन्टरनेशनल आइडियाका कार्यक्रम प्रबन्धक प्रमोद भगत लगायत विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily