Aadarsh-Daily

आज धनुषामा जनमत पार्टीका सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना हुने

ad-4p

धनुषा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतको प्रमुख आतिथ्यमा धनुषाधाम नगरपालिकामा आइतबार सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना हुने भएको छ।

content ad p2
content left

धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा मङ्सिर १६ गते हुने उपचुनावको तयारी स्वरूप यो सभा आयोजना गर्न लागिएको हो। यस क्रममा जनमत पार्टीले वडाध्यक्षका लागि आफ्नो उम्मेदवारको घोषणा गर्ने अपेक्षा गरिएको छ। यो उपचुनाव नेपाली काँग्रेसका निर्वाचित वडाध्यक्ष विश्वनाथ यादवको मृत्युपछि हुन लागेको हो।

यसअघि, जनमत पार्टीका अध्यक्ष डा. राउतले शनिवार सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए। मधेस प्रदेशका चार जिल्लामा सात वडाका अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ। ती वडामध्ये रौतहटमा तीन, सप्तरीमा दुई, धनुषा र महोत्तरीमा एक/एक वडामा उपचुनाव हुनेछ।
मधेस केन्द्रित दलका शीर्ष नेताहरूले यी निर्वाचन क्षेत्रमा सफलता हात पार्न व्यापक जनसम्पर्क र प्रचारप्रसारमा जुटेका छन्। तर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने तुलनात्मक रूपमा सक्रिय देखिएको छैन।

जनमत पार्टीले आफ्नो सङ्गठित अभियानका साथ मतदाताहरूलाई आकर्षित गर्दै पार्टीको पकड बलियो बनाउने प्रयास गरिरहेको छ। आइतबारको कार्यक्रमले उपचुनावमा जनमत पार्टीलाई कति बल मिल्छ भन्ने कुरा रोचक रहनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily