
वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्सागढी नगरपालिकाको व्यवस्थापन र नासा युवा क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकरण पाठकले गरेका थिए । कार्यक्रममा उप–प्रमुख पूजा चौधरी, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बिरेन्द्र राज कंडेल, वडा नं. ७ का अध्यक्ष शंकरराज भर, नासा युवा क्लबका अध्यक्ष सोनालाल राय, तथा अन्य स्थानीय जनप्रतिनिधिहरू र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक जना महिलासहित ३७ जनाले रक्तदान गरेका छन् । रिया कुमारी, कृष्ण महरा, राम अवधेश सहनी, भुनेश्वर प्रसाद यादव, निरञ्जन साह तेली, राम आशिष सहनी, जसवन्त पंजियार, विशाल पंजियार, खेमराज महतो, आनन्द पंजियार लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए । कार्यक्रममा वीरगञ्ज रक्त सञ्चार केन्द्रका मनिष गुप्ता, नमित चौरसिया लगायतका प्राविधिक टोलीको सहयोग गरेको थियो ।

