Aadarsh-Daily

विद्यार्थीलाई वीरगञ्ज – ३० का वडाध्यक्ष यादवले वितरण गरे स्विटर र टोपी

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लाल पर्सामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई वडा समितिको कार्यालयले स्विटर र टोपी वितरण गरेको छ ।

content ad p2
content left

वडाध्यक्ष मनोजकुमार यादवको मनोजकुमार यादवको अग्रसरतामा विद्यालयको कक्षा १ देखि १० सम्मका सात सय जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटर र टोपी वितरण गरिएको हो । आइतबार विद्यालयमै आयोजित कार्यक्रममा वडाध्यक्ष यादवले विद्यार्थीलाई स्विटर र टोपी वितरण गरेका थिए ।

आफूले चुनावका बेला गरेको वाचा अनुसार विद्यार्थीलाई जाडोमा लगाउने स्विटर र टोपी वितरण गरेको वडाध्यक्ष यादवले बताए । अभिभावकहरूकै सुझाव अनुसार प्रत्येक विद्यार्थीबाट जनही १५० रुपैयाँ सङ्कलन गरेर त्यसमा वडा समिति कार्यालयबाट ३५० रुपैयाँ थपेर कुल पाँच सय रुपैयाँको स्विटर र टोपी खरिद गरेर विद्यार्थीलाई आइतबार वितरण गरिएको उनले जानकारी दिए ।

वडाध्यक्ष यादवकै अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुशवाहा, प्रधानाध्यापक प्रेम राय, वडा सदस्यहरू, शिक्षक, शिक्षिका, अभिभावक लगायताको पनि सहभागिता थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily