
वीरगंज – पर्सा बहुदरमाई नगरपालिकाक नगर प्रमुख सिंगासन साह तेलीको तानाशाही प्रवृति र एकल हटका कारण पालिका अस्तव्यस्त भएको स्थानीयबासिहरुले आरोप लगाएका छन । स्थानीय सरकार सञ्चालन एक २०७४ को दाफा ७१ अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्ना नीति तथा कार्यक्रम नगर सभामा पेश गर्नुपर्ने व्यवस्था छ ।
नगरबासीहरुका अनुसार नगर प्रमुख साहको असफलता र जनप्रतिनिधिबीचको आन्तरिक किचलोका कारण समयमा नीति तथा कार्यक्रम नगरसभामा पेश हुन् सकेनन् । कहिले भागबण्डा मिलेन त कहिले बिभिन्न समस्या देखाएर नगर सभा हुन् सकेन ।
आर्थिक बर्ष सुरु भएको ४ महिनासम्म नगरसभा हुन नसक्दा नगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार ठप्प भएका थिए भने चाडबाडमा समेत शिक्षक , कर्मचारी तलब भत्ता पाउन सकेनन् । त्यसैगरी जेष्ट नागरिक , एकल महिला लगायत अन्यले सामाजिक सुरक्षाको रकम पाउन सकेनन् ।
नगर प्रमख साहको उदासीनता र अन्य जनप्रतिनिधिको रसाकासीका कारण सम्पन्न हुन नसकेका नगर सभा अनन्त आएर कार्तिक ८ सम्पन्न भयो र ४९ करोड ९३ लाख ३३ हजारको बजेट आयो । आर्थिक बर्ष सुरु भएको ४ महिना पछी नगरपालिकाको ११ औँ नगरसभाबाट नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत भएपछी नगरबासिमा आशाको दियो बल्यो ।

सबै जनप्रतिनिधिको सहमतिमा भएको नगरसभा अब नगर प्रमुख साहका तानाशाही प्रवृति र एकल हटका कारण बन्धक बनेको छ र नगरसभा नहुदाको समस्या नगरसभा भएपनि जस्ताको त्यस्तै रहेको छ ।
नगर सभा सम्पन्न भयो , बजेट सार्बजनिक भयो तर नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतिलाई अख्तियारी नदिदा बजेट बन्धक बनेको छ भने नगरपालिका भित्रका सम्पूर्ण आर्थिक कामकाज ठप्प छन ।
स्थानिय सरकार सञ्चालन एन २०७४ को दाफा ७३ (१ ) अनुसार नगरसभाबाट पारित भएको बजेट खर्च गर्नको लागी नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने व्यवस्था छ तर कार्तिक ८ गते सम्पन्न नगरसभाबाट सार्बजनिक बजेट खर्चको अख्तियारी नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतलाइ दिनुभएको छैन । जसका कारण नगरनै अस्तब्यस्त भएको छ । नगर प्रमुख साहले अख्तियारी दिएपछि प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ७३ (२) अनुसार १५ दिनभित्र सम्बन्धित शाखालाई बजेट खर्च गर्न अख्तियारी दिनुपर्ने व्यवस्था छ ।
तर संबिधानमा उल्लेख कानुनै नमान्ने नगर प्रमुख साहका कारण नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव छ भने शिक्षण संस्थाको अवस्था बिजोग हुदै गएको छ । तलब भत्ता नपाएर शिक्षकहरु चिन्तित छन र उनिहरु मानसिक रुपले अस्वस्थ जस्तै भएकाले विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा चक , डस्टर छैन भने दिवा खाजा रोकिएको छ ।
नगरका स्वास्थ्य संस्थामा सामान्य किसिमा औषधिको अभाव हुन थालेको छ । सामान्य किसिमका बिरामी पनि औषधि नपाएर रितो हात फर्किन बाध्य भएका नगरका स्वास्थ्यकर्मीहरुले बताउछन ।
बहुदरमाई नगरपालिकामा हुने बिकास निर्माणका कार्य सम्पूण ठप्प जस्तै छन भने नगरपालिका नराम्रोसंग प्रभावित भएको छ ।
वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहोग हुदाहुदै नगर प्रमुख साह बजेट खर्च गर्न अख्तियारी नदिनु उहाँको असक्षमता र असफलता रहेको विश्लेषकहरु बताउछन । नगर प्रमुख साहलाई रेडियो सान्भिले अख्तियारी किन दिईरहनु भएको छैन भनेर सोध्दा उहाँले कुनै किसिमको त्यस सम्बन्धि प्रतिक्रिया दिनुभएन । उहाँले भन्नुभयो अख्तियारी नदिनुको कारण बढी नै छ यतिमात्र भनेर फोन काट्नुभयो ।
सञ्चारमाध्यबाट पनि नगर प्रमुख साह दुरी बनाउनुभएको छ । नगरपालिकाको बिग्रिरहेको अवस्थाको बारेमा रेडियो सान्भिले १ बर्षदेखि आफ्ना पक्ष राख्न उहाँसंग समय माग्दा बिभिन्न बाहाना बनाएर टार्दै आउनुभएको छ । चुनावको बेला सञ्चारमाध्यको कार्यालयमा चाहर्दै हिड्नु भएको साह निर्वाचन जिते पछी सञ्चारमाध्यमसंग बिस्तारै टाढा हुदै जानुभयो र जनतासंग गर्नुभएको वाचालाइ समेत वेवास्ता गर्दै जानुभएको छ ।

