Aadarsh-Daily

जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिनुभयो सपथ

ad-4p

काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गर्नुभएको छ ।

content ad p2

प्रतिष्ठानका सह–अध्यक्ष समेत रहनुभएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उहाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

content left

२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली प्रतिष्ठानको अध्यक्ष रहनुभएको छ ।

सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकामा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गर्नुभएको थियो ।

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहनुभएका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिनुहुन्छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily