
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।
हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्यौं । उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

