Aadarsh-Daily

नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई वीरगञ्जमा सम्मान

ad-4p

वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। बुधबार होटल क्लासिक बंक्वेटमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

content ad p2

कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले गरेका थिए। प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल उपस्थित थिए। सम्मान कार्यक्रममा संघका पदाधिकारीहरूले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

content left

कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले शुभकामना मन्तव्य दिँदै पत्रकारिता क्षेत्रको योगदानलाई उच्च प्रशंसा गरे। नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा लगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले गरेका थिए भने सञ्चालन दिलिपराज कार्कीले गरेका थिए। उपस्थित सबैले पत्रकारिता क्षेत्र र होटल तथा पर्यटन व्यवसायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

यो सम्मान कार्यक्रमले होटल तथा पर्यटन व्यवसाय र पत्रकारिता क्षेत्रबीच आपसी सहकार्य र सम्मानको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily