Aadarsh-Daily

गठबन्धनलाई दोषारोपण गरेर जनमत पार्टीले सेफ ल्यान्डिङ गर्न खोजेको छ : एमाले सचेतक महत्तो

ad-4p

वीरगंज – नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महत्तोले जनमत पार्टीले सत्ता गठबन्धनलाई दोषारोपण गरेर आफु सेफ ल्यान्डिङ गर्न खोजेको बताउनुभएको छ ।
सत्ता बाहिर रहेको जनमत पार्टीले जनतालाई बाडेको झुटा आश्वासन आफै सत्ताको नेतृत्वमा पुगेर समेत गर्न नसकेर सत्ता गठबन्धनलाई दोषारोपण गर्न लागेको सचेतक महत्तोले बताउनुभएको हो ।

content ad p2
content left

सडकबाट बोल्नु र सत्तामा पुगेर गर्नु फरक बिषय भएको भन्नुभयो । जनमत पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहले आर्थिक बर्षको ७ महिना बित्न लाग्दा एक प्रतिशत पुजीगत खर्च गर्न नसकेर आफ्नो अक्षमता प्रकट गरेको र त्यसलाइ ढाकछोप गर्नको लागी गठबन्धन दललाई डा.सिके राउतले आरोप लगाउनुभएको बताउनुभयो ।

केहिदिन अगाडी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मधेश प्रदेशमा सत्ता गठबन्धन दलका कारण मुख्यमन्त्री सिंहले काम गर्न नसकेको आरोप लगाउनुभएको थियो ।

त्यसपछि मधेश प्रदेशमा सत्ता गठबन्धनगरेका दुई ठुला दल काँग्रेस र एमाले बिच्किएका छन र हिजोदेखि सुरु भएको मधेश प्रदेशको चौथो अधिवेशनमा समेत रोस्टमबाटै मुख्यमन्त्रीसंग यो बिषयमा जवाफ मागेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily