Aadarsh-Daily

रौतहटमा आज एक टिपरमा आगजनी

ad-4p

रौतहटमा आज एक टिपरमा आगजनी भएको छ । जिल्लाको वृन्दावन नगरपालिका -४ स्थित एक क्रसर उद्योगको टिपरमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टाँसिएर आगजनी भएको हो ।

content ad p2

हाइड्रोलिक प्रेसर माथि उठाउँदा विद्युतको ११ हजार भोल्टको तारमा उक्त हाइड्रोलिक टाँसिएर टिपरमा करेन्ट प्रवाह हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । टिपरमा आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन् ।

content left

आज बिहान वृन्दावन नगरपालिकाको गढिमाइ क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा हाइड्रोलिक टाँसिएर टिपरमा आगजनी हुँदा टिपर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीमा परेर टिपर चालक ४३ वर्षीय जयप्रकाश सहनी गम्भीर घाइते भएका छन् ।

विद्युतको करेन्ट टिपरमा प्रवाह भएर टिपरमा आगलागी हुँदा टिपरमा बसेका चालक सहनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गम्भीर घाइते भएका चालक सहनीको गरुडास्थित एक निजी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विरगंजतर्फ पठाइएको रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भरहेको एसपी घिमिरेले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily