Aadarsh-Daily

पैसा नदिएपछि प्रहरीले भैसी , पाडा नियन्त्रणमा लिईएको पूर्व पालिका अध्यक्ष जालिमको आरोप

ad-4p

पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँले सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङलाई नजराना नदिएपछि भैसी पाडा नियन्त्रणमा लिइएको आरोप लगाउनुभएको छ ।

content ad p2

वीरगंज स्थित नेपाल पत्रकार महासंघको सभाहालमा हासिम सपलार्यसका संचालक महम्मद हासिमले गर्नुभएको प्रत्रकार सामेलनलाई सम्बोधन गर्दै पूर्व पालिका अध्यक्ष मियाँले यस्तो आरोप लगाउनु भएको हो ।

content left

प्रहरी उपरीक्षक गुरुङले दुई लाख नजराना मागेको तर आफुहरु नदिएपछि आफ्ना भैसी पाडा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा चलान गरेको मियाँको आरोप रहेको हो । मियाँले उक्त भैसी पाडा नेपालमै किनेको र घरमा लैजाने क्रममा प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लगाउनुभएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङले आफुहरुलाई दुई लाख खर्च दिनु नत्र भन्सारमा भैसी पाडा पुर्यईदिने भनेको तर आफुहरु तस्करी गरि नल्याएकोले पैसा किन दिने भनेर प्रश्न गर्दा समातेर लागेको पूर्व पालिका अध्यक्ष एवम एमाले नेता समेत रहनुभएको मियाँको दावी छ । शसस्त्र प्रहरी उपरीक्षकले आफुहरुसंग पटक पटक पैसा मागेको तर आफुहरु नदिएपछि अन्त्यमा प्रहरीले भन्सारमा बुझाएको उहाँको दावी छ ।

तर प्रहरीले भारतबाट भन्छार छलेर अवैध रुपमा भित्रयाइएको भैंसी र पाडाहरु जगरनाथपुरको पाडा बजारबाट बिहीबार राति ट्रकमा लोड गरेर बाराको जीतपुर हुदैं काठमाडौं पठाउने तयारी भइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडालाई नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily