Aadarsh-Daily

काठमाण्डौ जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू

ad-4p

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ ।

content ad p2

लामिछानेको तर्फबाट हिजो बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

content left

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले भने थुनछेक बहस शुरू नभएको भन्दै हिरासतमा पठाउन आदेश दिएको हो ।

लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्ने अदालत प्रशासनले जानकारी दिएको छ । शुरूमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस शुरू गर्नेछन् ।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

गोरखा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily