Aadarsh-Daily

पुन पक्राउ परेका डा.निकोलसलाई आज अदालतमा पेश गरिदै

ad-4p

पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि पक्राउ परेका छन् ।

content ad p2
content left

यसअघि पुस ७ गते पक्राउ गरी ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको थियो । न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुसाल त्यतिबेलाकै साइबर अपराधको अभियोगमा समातिएका हुन् ।

प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुसाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । त्यो बेला फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी बिहानै पोखरा ल्याएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily