Aadarsh-Daily

सहकारी ठगीका आरोपि जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

ad-4p

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेपछि फरार रहेका गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

content ad p2

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राईको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको छ ।

content left

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । हाल उनी मलेसियामा रहेको अनुमान गरिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न टोली मलेसियामा टोली पठाए पनि पक्राउ गर्न सकेको थिएन ।

जीबी राईमाथि काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोप लागेको छ । उनीविरूद्ध कास्की र काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily