Aadarsh-Daily

ब्राउन सुगरसहित सिरहामा दुईजना पक्राउ

ad-4p

सिरहा प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २५ वर्षीय हृदय सिंह र गोलबजार नगरपालिका-८ बस्ने २२ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

content ad p2
content left

सिरहा नगरपालिका १७ भन्सार गेट छेउस्थित लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक सिंहको साथबाट ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासमानले जानकारी दिए ।

प्रहरीले मोटरसाइकल चालक सिंह र पछाडि बसेका यादवलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily