Aadarsh-Daily

मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता

ad-4p

मधेस प्रदेश सरकारले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता लिएको छ । बुधबार प्रदेश सभामा पेस भएको उक्त विधेयक शुक्रबार प्रदेश सरकारले फिर्ता लिएको हो ।

content ad p2
content left

शुक्रबार बिहान बसेको मधेस प्रदेशको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सरकारले फिर्ता लगेको जानकारी गए ।

विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको थियो । विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै चौतर्फी विरोध भएको थियो । – रातो पाटि

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily