Aadarsh-Daily

सवारी दुर्घटनामा परी बारामा दुई जनाको ज्यान गयो

ad-4p

बाराको दुई ठाउँमा भएको सवारी दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर – ४ को सडकखण्डमा आइतवार साँझ ना ४ ख ४१८६ नम्बरको तेल ट्यांकरले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक महिलाको ज्यान गएको हो ।

content ad p2

ज्यान जानेमा मोटरसाईकलको पछाडी सवार रौतहटको विश्रामपुरकी ४० बर्षीय बबिता ठाकुर रहेकी छन भने त्यही दुर्घटनामा उनको ११ बर्षीय छोरी मोनी ठाकुर घाईते भई अस्पताल भर्ना रहेकी छन । ट्यांकर चालक घटना पछी फरार भएका छन तर प्रहरीले खोजि कार्य जारि राखेको छ ।

content left

यसैगरी जिल्लै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ मा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा मोटरसाइकल चालक भारत, बिहारका २५ वर्षीय आदित्य कुमार पाठकको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार रौतहट, गौर नगरपालिका–१ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ ।

ठक्कर दिएर फरार भएको पिकअप भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily