Aadarsh-Daily

प्रतिनिधि सभाको बैठक रास्वपाका सांसदहरूबाट अवरुद्ध

ad-4p

प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएलगत्तै प्रतिपक्षी दल रास्वपाले विरोध जनाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरूलाई स्वागत गरेका छन् । त्यसलगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

content ad p2
content left

सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् । आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए । उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए ।

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily