Aadarsh-Daily

मधेशमा एचपिभी खोप अभियानको तयारी पूरा

ad-4p

मधेश प्रदेशमा यही माघ २२ गतेबाट सञ्चालन हुन लागेको पाठेघरको मुखको क्यान्सर गराउने हृयुमन प्यापिलोमा भाइरसविरुद्धको एचपिभी खोप अभियान २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।

content ad p2

एचपिभी खोप अभियानको बारेमा छलफल गर्न शुक्रबार बसेको प्रदेश स्तरीय खोप समन्वय समितिको बैठकमा स्वास्थय निर्देशनालय मधेश प्रदेशका खोप अधिकृत लक्ष्मेश्वर झाले अभियानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० मा अध्यनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एक मात्रा खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँले मधेश प्रदेशका समुदायिक र निजी विद्यालय गरी कक्षा ६ देखि कक्षा १० मा अध्यनरत दुई लाख ९३ हजार ९१३ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका ७५ हजार २११ किशोरी गरी जम्मा तिन लाख ६९ हजार १२४ जनालाई खोप लगाउने कार्यक्रम रहेको छ । जसका लागि एक प्रतिशत वेष्टेज हुने अनुमानसहित तीन लाख ९ हजार ४६० भाइल भ्याकसिन ल्याइएको र मधेश प्रदेशका एक हजार २७१ वडा र सम्पूर्ण विद्यालयमा गरी तीन हजार ६७१ खोपकेन्द्रमार्फत खोप लगाइने कार्यक्रम रहेको खोप अधिकृत झाले बताउनुभयो ।

content left

यो खोप निक्कै महँगो र पूर्ण प्रभावकारी देखिएकाले निर्धक भएर आआफनो बालिकालाई खोप लगाउनका लागि अभिभावकलाई स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक श्रवण नायकले आग्रह गर्नुभयो । उहाँले उम्मेर समूह पुगेका ९० प्रतिशत बालिकालाई खोप लगाउने, ३० वर्षदेखि ४० वर्ष उमेर समूह भएका ९० प्रतिशत महिलाको पाठेघरको मुखको स्क्रेनिङ्ग गर्ने र पाठेघरको मुखको क्यान्सर लागेका ९० प्रतिशत महिलाको उपचार गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको र प्रत्येक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरवाट मृत्यु हुने गरेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवम् राष्ट्रिय खोप समन्वय समितिका सदस्य डा. जामुन सिंहले तीन पटकको प्रयास पछि नेपालमा यो खोप ल्याउन सफल भएको भन्दै १९४ देश मध्ये १४७ देशले यस भ्याक्सिनको प्रयोगमा ल्याइ सकेकाले यो पूर्ण सुरक्षित रहेको बताउनुभयो । उहाँले यो खोप लगाएपछि समान्य प्रकारका असरहरु सुई लगाएको ठाउँमा दुख्ने, सुनिन्ने, रातो हुने, ज्वरो आउने जस्ता असर देखिए पनि खोप लगाएको केही समयपछि आफैँ ठिक हुने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले माघ २२ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थितिमा एक कार्यक्रमबिच अभियानको सुरुवात हुने र माघ २३ गते धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा एक कार्यक्रमबिच मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको उपस्थितिमा अभियान सञ्चालन हुने बताउनुभयो । उहाँले अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने र भ्याक्सिनको मिस युज हुन नदिनका लागि सबै तहतपकाबाट अनुगमन निरीक्षण गरिने तयारी भएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily