Aadarsh-Daily

स्रोत नखुलेको रकमसहित दुई जना रौतहटमा पक्राउ

ad-4p

रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित सीमा नाकाबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

content ad p2
content left

सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई स्रोत नखुलेको नेपाली १६ लाख ४९ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिनुभयो ।

मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल चढेर भारतबाट साह र आलम स्रोत नखुलेको रकम लिएर नेपाल आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका हुन् । उनीहरुसँग रकम कहाँ लैजान लागेको र रकमधनी को हो भन्नेबारे सोधपुछ भइरहेको एसपी हुमागाईंले बताउनुभयो ।

केही समययता सीमाक्षेत्रमा स्रोत नखुलेको रकमको कारोबार बढेको पाइएको छ । उनीहरू नाका बदलेर भारतबाट स्रोत नखुलेको रकम लिएर ओहोरदोहोर गर्न थालेको सुरक्षाकर्मी बताउँछन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily