Aadarsh-Daily

प्रतिबन्धित गाँजासहित महोत्तरीबाट एकजना पक्राउ

ad-4p

ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् ।

content ad p2
content left

बिहीबार राति करिब साढे ८ बजेको समयमा जिल्लाको भंगहा नगरपालिका ६ मजरा स्थित बर्दिबास जलेश्वर सडक खण्डमा ६ सय ४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानका अनुसार अस्थाई प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट जलेश्वर तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख् ००२१ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा ट्रकको हुडमा डोरीले बाँधी कालो प्लाष्टिकलो छोपी राखेको ४० वटा गाँजाको पोका बरामद गरिएको हो ।

प्रहरीले गाँजासहित ट्रक र ट्रक चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily