Aadarsh-Daily

चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा कम मधेश प्रदेशको बजेट खर्च

ad-4p

चालू आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार अहिलेसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ ।

content ad p2

कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गएको पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेका हुन् । सबैभन्दा कमजोर देखिएको मधेस प्रदेशको बजेट खर्च पाँच दशमलव ६१ प्रतिशत मात्रै भएको छ ।

content left

यस्तै सुदूरपश्चिम प्रदेशले १४ दशमलव ८२ प्रतिशत, कर्णाली प्रदेशले १५ दशमलव १४ प्रतिशत र कर्णाली प्रदेशले १५ दशमलव १२ प्रतिशत खर्च गरेको छ । लुम्बिनी र गण्डकी प्रदेशले ६ महिनामा कुल बजेटको समान् १९ दशमलव ३६ प्रतिशत खर्च गरेका छन् ।

सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेशले १६ दशमलव २७ प्रतिशत खर्च गरेको छ । कोशी प्रदेशको बजेट खर्च तुलनात्मक रूपमा सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालू आर्थिक बर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । तर कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन् । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily