Aadarsh-Daily

प्रतिनिधि सभाको बैठक बस्दै : अध्यादेश पेश नहुने

ad-4p

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आजको बैठकमा पनि अध्यादेश प्रस्तुत नहुने भएको छ । सरकारले प्रतिनिधिसभामा टेबुल गरेका छ वटा अध्यादेश आजको कार्यसूचीमा पनि नपरेका हुन् । यसअघि गएको माघ २४ गते राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको थियो ।

content ad p2
content left

अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन् । ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरे पनि पछिल्ला बैठकमा अध्यादेश कार्यसूचीमै पर्न छाडेका हुन् ।

संघीय संसदका दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा भने जसपा नेपालको साथ चाहिन्छ । कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । जनता समाजवादी पार्टी, नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय गरिनसकेकोले सरकारले अध्यादेशलाई कार्यसूचीमा नराखेको हो ।

अध्यादेशलाई स्थायी कानुन बनाउन अध्यादेश पेश भएको ६० दिनभित्र सदनबाट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने भएका कारण सरकारलाई समयको दबाव बढ्दै गएको छ । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily