Aadarsh-Daily

धनुषामा प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमै धक्कामुक्की

ad-4p

धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच हात हालाहाल भएको छ । पेशकीको विषयलाई लिएर प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच धक्कामुक्की भएको हो ।

content ad p2
content left

आमा बितेको र शिक्षक रोहितले पेशकी मागेको विषयमा दुवै जनाबीच विवाद भएको थियो । त्यस विषयमा विवाद बढ्दै जाँदा गालीगलोज र धकेलाधकेल हुँदै हात हालाहालको स्थिति आएको थियो । त्यसक्रममा त्यहाँ उपस्थिति शिक्षकहरूले दुवैलाई छुटाउने प्रयास गरेका थिए ।

प्रधानाध्यापक जगरनाथले भने रोहितले ५० हजार रुपैयाँ माग्दा नियमानुसार २५ हजार मात्र दिन सक्ने भनेपछि आफूमाथि आक्रमण गर्न खोजेको बताए । त्यक्रममा समान्य विवाद मात्र भएको उनको दावी छ ।

यता वडाध्यक्ष ठक्कु यादवले आफू जाँदा पेशकीको विषयमा समान्य विवाद भएको भन्ने थाहा पाएको बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily