Aadarsh-Daily

कङ्गोमा तत्काल युद्धविराम गर्न अफ्रिकी नेताहरूको आह्वान

ad-4p

अफ्रिकी नेताहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् ।

content ad p2

चलिरहेको द्वन्द्वको स्थायी समाधान खोज्न आफ्नो पूर्ण समर्थन गरेको भन्दै क्षेत्रीय नेताहरूले कङ्गोमा तत्काल युद्धविराम र आपूर्ति लाइनहरूको पुनस्र्थापनाका लागि आह्वान गरेका हुन् ।

content left

नेताहरूले मानवीय आपूर्ति लाइनहरू पुनस्र्थापित गर्न यातायात मार्गहरू पुनः खोल्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नेताहरूले पछिल्लो परिस्थितिको अत्यावश्यकतालाई स्वीकार गर्दै तत्काल र विना शर्त युद्धविराम लागू गर्न प्राविधिक उपायहरू अवलम्बन गर्न आउने बिहिवारभित्रसम्मको समय दिएका खबरमा उल्लेख छ ।

क्षेत्रीय नेताहरूले राजनीतिक र कूटनीतिक संलग्नताको वार्ता द्वन्द्वको सबैभन्दा दिगो समाधान भएकाले राज्य र गैर–राज्य पक्षहरूसँग प्रत्यक्ष वार्ता पुनः शुरु हुनुपर्नेमा आफ्नो समर्थन रहेको बताएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily