
वडा प्रहरी कार्यलय विर्ता पर्साले वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट फर्जी तथा दोहोरो बिल भएको हाईड्रोलिक आयल २० लिटरको ३९ बाल्टीन लोड एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय विर्ताका अनुसार अन्दाजी मुल्य १७ लाख ५३ लाख ४९० रुपैया बराबरको हाईड्रोलिक आयल लोड भएका प्रदेश २-०३ ००१ च. २६५२ न.को पिक अप भ्यानलाई नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएको हाईड्रोलिक आयलसहितको पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

