Aadarsh-Daily

दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी हुँदा ६ जनाको ज्यान गयो

ad-4p

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा आगलागी भएको छ । आगलागीमा परी छ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । ‘बनयान ट्रि होटल’ मा बिहान आगलागी भएको हो । आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको थियो ।

content ad p2
content left

आगलागी हुँदा झन्डै एक सय जना कामदार होटेलमा रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएका अग्नि नियन्त्रण विभागले जनाएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्य तथा थप क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily