Aadarsh-Daily

पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद

ad-4p

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट शुक्रबार सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको चोरी पैठारीको औषधी बरामद गरेको छ ।

content ad p2
content left

सोही ठाउँ बस्ने सहबाज अहमदको घरमा भारतबाट अवैधरुपले ल्याई लुकाई छिपाई राखेको उक्त औषधी प्रस्तावित सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

बरामद औषधी आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily