Aadarsh-Daily

रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले पहल गर्ने

ad-4p

रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । अमेरिकी अधिकारीहरुले छिट्टै वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरब पुग्ने पुष्टि गरेका छन् ।

content ad p2
content left

यसअघि इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच गाजा युद्धविरामको लागि पनि साउदी अरबले मध्यस्तता गरेको थियो । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताउनुभएको छ ।

रुससँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी उपराष्ट्रपति भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्न आवश्यकता रहेको बताउनुभएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily