Aadarsh-Daily

वीरगञ्जबाट १० लाख रुपैयाँसहित एक भारतीय पक्राउ

ad-4p

वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

content ad p2

विशेष सूचनाको आधारमा प्रहरीको टोलीले भारतीय नागरिकलाई वीरगञ्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला थाना रक्सौल वडा नम्बर १७ निवासी नेहाल कुमार रहेका छन् ।

content left
 

उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई शंका लागेर जाँच गरेको थियो । सोही क्रममा उनको साथबाट स्रोत नखुलेको रकम बरमद भएको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily