
पर्साको बहुदरमाई नगरपालिकामा आजदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामबिनय कुमार सिंह हाजिर हुनुभएको छ ।
नगरपालिकाको कार्यालय नगर प्रमुख सिङ्गासन सा तेली र उप प्रमुख शुष्मा कुशवाहा , नगर कार्यपालिकाको कर्मचारी लगायतले सिहंलाई स्वागत गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनुभएको सिंह आजैदेखि आफ्ना कार्यभार सम्हाल्नु भएको छ ।
उहाँ हाजिर भएसंगै लामो समयसम्मको बिबादले रोकिएको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता अब निकासा हुनेभएको छ ।
यसैगरी अस्पतालमा औषधिको आपूर्ति हुनेछ भने विद्यालय चक डस्टरको व्यवस्थासंगै दिवा खाजा पुन सञ्चालन हुने आपेक्षा गरिएको छ । बिकास निर्माणको कार्य अगाडी बढ्ने छ भने रोकिएको भुक्तानी हुनेछ ।

